काठमाडौं । लुम्बिनी प्रदेश सभाले विनियोजन विधेयक पारित गरेको छ। मंगलबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चिति कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो।
अर्थमन्त्री धनबहादुर मास्कीले विधेयकमाथि छलफल गरियोस् भनि प्रस्ताव राखेका थिए। तर, प्रतिपक्षको विरोधका कारण विधेयकमाथि छलफल भने हुन सकेन। छलफल नभएपछि सभामुखले निर्णयार्थ पेस गरेको विधेयकलाई बहुमतले पास गरेको हो। प्रदेश सभामा एमाले सांसदहरुले खारेज भएका निर्देशनालयहरुलाई फिर्ताको माग गर्दै सुरुदेखि नै संसद अवरोध गर्दै आएका छन्।
दिउँसो साढे १ बजेदेखि सुरु भएको बैठक एमाले सांसदको अवरोधका कारण एक घण्टा स्थगित भएको छ।