कुशल सर्ट बलको फन्दामा, नेपालको पहिलो विकेट खस्यो

काठमाडौं । जारी प्रतियोगितामा नेपाली ब्याटर सर्ट बलको शिकार बनिरहेका छन्। आजको खेलमा पनि सर्ट बलमै नेपालले पहिलो विकेट गुमाएको छ।

क्रेग योङको पहिलो ओभरको पहिलो बलमै संयम गुमाउँदा कुशल भुर्तेल आउट भए। त्यसअघि क्रेगले पहिलो बल वाइड फालेका थिए। नेपालले आठौँ ओभरको पहिलो बलमा २७ रनको स्थितिमा पहिलो विकेट गुमाएको हो।

स्ट्राइक बलरहरु बेरी म्याककर्थी र मार्क एड्यरविरुद्ध सम्हालिएर खेलिरहेका कुशलले क्रेग बलिङमा आउने बित्तिकै संयम गुमाएर सर्ट बलमा प्रहार गर्न खोज्दा विकेट किपरको हातबाट समातिए। आयरल्यान्डले सुरुदेखि नै कसिलो र प्रभावकारी बलिङ गरिरहेका छन्। उनीहरुले लगातारजसो नेपाली ब्याटरलाई बिट गरिरहेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित