अर्घाखाँची पहिरो अपडेट : ३ बालबालिकाको मृत्यु, १ जना घाइते

अर्घाखाँची । अर्घाखाँची पाणिनी गाउँपालिका–१ कोप्चेमा मंगलबार बिहान पहिराले घर भत्काउँदा ३ जना बालबालिकाको मृत्यु भएको छ। १ जना बालकको उद्धार गरेर उपचारका लागि पाल्पा अस्पताल लगिएको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिए।

उनका अनुसार बिहान ६ बजे घरमाथिको ढिस्को भत्कँदा गंगा रास्कोटीको घर पुरिएको हो। मृत्यु हुनेमा ११ वर्षकी अन्जना रास्कोटी, १० वर्षका खुमबहादुर रास्कोटी र ९ वर्षका धनबहादुर रास्कोटी रहेका छन्। १४ वर्षका सचिन्द्र रास्कोटी गम्भीर घाइते रहेको न्यौपानेले बताए। मृतक र घाइते बालबालिका भाइभाइका छोरा हुन्।

परिवारका सदस्य उठेर काममा गएका बेला घरभित्रै सुतिरहेका बालबालिका पहिरोमा परेका थिए। बालबालिकाको शव पोखराथोकमा रहेको स्वास्थ्य केन्द्रमा लैजाने र पोस्टमार्टमपछि परिवारलाई बुझाइने अध्यक्षले जानकारी दिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित