काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो संलग्नता नरहेको प्रष्ट पारेका छन् । १९ महिने प्रधानमन्त्रीत्व कालमा सयौ प्रक्रियागत निर्णय भएको र सबै सम्झना नभएको भन्दै उनले ललिता निवास प्रकरणमा अफ्नो संलग्नता नभएको बताएका हुन् ।
उनले कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न खोजेको आरोपसमेत लगाएका छन् । विगतदेखि नै आफू भ्रष्टाचारका काण्डहरुको छानबिन हुनपर्ने पक्षमा रहेको बताउँदै उनले ललिता निवास प्रकरणको पनि निष्पक्ष छानबिन हुनपर्नेमा जोड दिएका छन् ।आइतरबार ट्वीट गर्दै उनले ललिता निवास प्रकरणबारे आफ्नो प्रष्टीकरणसहित धारणा सार्वजनिक गरेका हुन् ।