नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै सञ्चालन

काठमाडौं । दुई वटा पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ। वर्षा शुरू भएसँगै चितवनको नारायणघाटस्थित तुइन पुल नजिकै र नाम्सीमा पहिरो खसेको थियो। शनिबार बिहान खसेको पहिरो पन्छाएको केही समयपछि फेरि ढुंगा खसेका थिए। जसले गर्दा सडक अवरुद्ध भएको थियो।

दुवै स्थानको पहिरो पन्छाएर सडक सञ्चालन भएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ। दिउँसो केहीबेर एकतर्फी सञ्चालनमा आएको सडक अहिले भने दुईतर्फी नै सञ्चालन भएको छ। यसअघि बिहीबार पनि पहिरोले सडक अवरुद्ध भएको थियो। १८ घन्टा लगाएर पहिरो पन्छाइएको थियो भने शुक्रबार साँझदेखि सञ्चानमा आएको थियो।

शुक्रबार राति सडक सञ्चालनमा आए पनि शनिबार बिहान ३ बजे फेरि पहिरो खसेको हो। बिहान केही घन्टा लगाएर पन्छाएको थियो भने दिउसो त्यही ठाउँमा ढुंगा खसेका थिए। दिनभर लगाएर सबै ठाउँको पहिरो पन्छाएको सडक डिभिजन कार्यालयले जनाएको छ।

वर्षात शुरू भएसँगै नारायणगढ(मुग्लिन सडकमा पहिरो जाने क्रम पनि शुरू भएको छ। सडक विस्तारको काम चलिरहेकाले पनि पहिरो गइरहेको जनाइएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित