दुर्घटना अपडेट : मन्त्रीसहित ५ जना घाइते

काठमाडौं । सुदुरपश्चिम प्रदेशका आन्तिरि मालिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवारी सरकारी गाडी दुर्घटना भएको छ । मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिल्ला प्रशासन कार्यालय बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीका अनुसार गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो ।

दुर्घटनामा परी मन्त्री सिंहसहित ५ जना घाइते भएका छन् । खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने अन्य बाँकीको रायल प्राथमिक स्वास्थ केन्द्रमा उपचार भइरहेको छ । घाइते भएका मन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित