काठमाडौं । सुदुरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटना भएको छ ।
मंगलबार धनगढीबाट बझाङ जाँदै गरेको सुप्रप०१००१ झ ४८० नम्बरको सरकारी गाडी बझाङको बाग्थलामा दुर्घटना भएको हो । दुर्घटनामा मन्त्री सिंह घाइते भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।