काठमाडौं । काठमाडौंको माइतीघरमा एक युवकले आत्महत्याको प्रयास गरेका छन् । मंगलवार दिउँसो बाराका सरोज शाहले घाँटीमा डोरी लगाएर माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरेका हुन् ।
आत्मदाहको प्रयास गर्दैगर्दा प्रहरीले शाहलाई उद्धार गरेका छन् । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएका कारणपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा विरोध गर्दै आएको छ । यसै क्रममा एक युवकले आत्मदाहाको प्रयास गरेका हुन् ।