तनहुँ । मुग्लिङ-पोखरा सडकखण्ड अन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर तीन जना घाइते भएका थिए।
तनहुँको म्याग्दे गाउँपालिका– १ गुणादीमा सोमबार साँझ माटोको ढिस्कोमा पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका– ७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका– ७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणका अनुसार घाइतेमध्ये भुजेको दमौली अस्पतालमा र राईको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै ढिस्काले पुरिएर घाइते भएका झापा शिवशताक्षी– ७ बस्ने ४५ वर्षीय कृष्ण लिङदेनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।