सोमपालले अमेरिकाविरुद्धको खेल गुमाउने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले आईसीसी विश्वकप छनोटअन्तर्गत अमेरिकासँगको खेल गुमाउने भएका छन्। आइतबार जिम्बाब्वेसँगको खेलमा घाइते भएपछि सोमपालले अमेरिकाविरुद्धको खेल गुमाउने भएका हुन्।

३४औं ओभरमा बलिङ गर्दा घाइते भएपछि त्यो ओभर आरिफ शेखले गरेका थिए। चोटपछि सोमपालको स्थानमा फिल्डिङका लागि ज्ञानेन्द्र मल्ल मैदान आएका थिए। सोमपालको स्थानमा ललित नारायण राजवंशी र प्रतिश जिसीले स्थान पाउन सक्छन्।

नेपाल र अमेरिकाबीचको खेल दिउँसो पौने १ बजे जिम्बाब्वेको ताकसिंगा स्पोर्ट्स क्लबमा हुनेछ। नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले हारेको थियो। अमेरिका भने वेस्ट इन्डिजसँग ३९ रनले हारेको थियो।

विश्वकप छनोटमा नेपाल घरेलु टोली जिम्बाब्वे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेको समूह एमा छ। समूह बीमा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएई छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित