चापाकोटका पूर्वप्रमुख शिवकुमार गिरीको अन्त्येष्टि

स्याङ्जा । चापाकोट नगरपालिकाका पूर्वनगर प्रमुख शिवकुमार गिरीको सोमबार राति कालीगण्डकी नदी किनारमा अन्त्येष्टि गरिएको छ। दामाचौरस्थित ज्याग्दीघाटमा अत्येष्टि गरिएको हो। पुतलीबजार नगरपालिका १ स्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित श्रद्धान्जलीसभामा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पार्टीको झण्डा ओढाउँदै श्रद्धाञ्जली दिएका थिए।

श्रद्धान्जलीपछि शव यात्रा गर्दै गिरीको जन्मथलो चापाकोटस्थित सुन्तलीटारमा अन्त्येष्टि गरिएको हो। मृत्युपछि शोकाकुल परिवारलाई दुखभेट गरेर फर्कने क्रममा गत शुक्रबार राति सवारी दुर्घटनामा परी गिरीको निधन थियो । गिरी नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, पूर्वमहासमिति सदस्य, पूर् जिविस सदस्य, पूर्वगाविस अध्यक्ष,कांग्रेसका पूर्वजिल्ला सचिव, तरुण दलका पूर्वअध्यक्ष, नेविसंघका पूर्वअध्यक्ष एवं विभिन्न सामाजिक संघसंस्थामा काम गरेका छन्। गिरीका दुई पत्नी, दुई छोरा,दुई छोरी छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित