थ्रीस्टार हाइड्रोपावरको आइपीओ बिक्री खुला

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको १२ लाख ३१ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो । यसमध्ये १० प्रतिशत ४ लाख ९२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ । बाँकी ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्ये वैदेशिक रोजगारीमा गएका नेपालीका लागि १० प्रतिशत अर्थात ७३ हजार ८७५ कित्ता, सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३६ हजार ९३८ कित्ता र कर्मचारीका लागि २ प्रतिशत अर्थात १४ लाख ७७५ कित्ता शेयर निष्काशन गरेर बाँडफाँट गरिसकेको छ ।

बाँकी भएको ६ लाख १३ हजार १६२ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको हो । आईपीओमा असार ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढी अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी आइआर डबल ‘बी’ माइनस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोमिख रहेको बुझाउँछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित