बागलुङ । बुटवलबाट बागलुङको बरेङ आउँदै गरेको जीप दुर्घटना भएको छ । सोमबार दिउँसो बुटवलबाट बरेङ आउँदै गरेको लु१ज ३३७१ नम्बरको जीप भुङ्गा भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीका अनुसार बरेङ गाउँपालिका-४ भुङ्गा भन्नेस्थानमा जीप दुर्घटना भएको हो । दुर्घटनामा जीपका चालकसहित ९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपाचारका लागि गुल्मीको शान्तिपुरमा रहेकाे केएमसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।