विराटनगर । कोसी प्रदेशका विभिन्न जिल्लामा गएको बाढी पहिरो निरीक्षण गर्न उडेको को प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकप्टर विराटनगर विमानस्थलमा अवतरण भएको छ । मौसमको प्रतिकूलताका कारण प्रधानमन्त्री सवार हेलिकप्टर मौसम खराबीका कारण ताप्लेजुङ अवतरण गर्न नसकेपछि विराटनगरमा अवतरण गरिएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले बाढी पहिरो पीडित निरीक्षण गर्न अब ताप्लेजुङ र पाँचथर पुनः जानेरनजानेबारे तय नभएको जानकारी दिए । यसअघि प्रधानमन्त्रीको टोलीले संखुवासभाको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेको थियो ।