नागरिकता पीडितले आफ्नो हक मागेका हुन्, भीख होइन : सांसद मुक्ताकुमारी यादव

काठमाडौं । प्रतिनिधिसभा सदस्य मुक्ताकुमारी यादवले सर्वोच्च अदालतले यथाशीघ्र नागरिकता विधेयकको मुद्दा टुंगो लगाउनुपर्ने बताएकी छन् । सोमबारको प्रतिनिधिससभामा शून्य समयमा बोल्दै यादवले सर्वोच्च अदालतले नागरिकताको विषय छिटोभन्दा छिटो टुंगो लगाएर पीडितलाई न्याय दिनुपर्ने बताइन् ।

नागरिकता लागि पीडितहरु अनशत बस्न बाध्य रहेको बताउँदै उनले भनिन्, ‘नेपाली नागरिकहरु नागरिकताका लागि अनशन बसिरहेका छन् । उनीहरुले धेरै सास्ती भोगिरहेका छन् । कतिले आत्महत्यासमेत गरिरहेका छन् । खबरदार ! कुनै पनि राजनीतिक दल वा व्यक्तिले नागरिकता पीडितको नममा भद्धा राजनीति नगरोस् ।’

दुवै सदनबाट दुईदुई पल्ट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्दा पनि उक्त विधेयकले कानुनी रुप नपाउनु दुःखद भएको उनको भनाइ छ । ‘यसमा सम्मानित अदालतले स्टे अर्ड जारी गर्न मिल्छ कि मिल्दैन म भन्दिनँ । तर, नागरिकता पीडितले आफ्नो हक मागेका छन् । कुनै भीख मागेका छैनन्,’ उनले भनिन्, ‘त्यसैले अदालतले छिटोभन्दा छिटो न्यायोचित निर्णय गरेर पीडितहरुलाई न्याय दिओस् ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित