आदिपुरुष विवादमै, भारतमासमेत रोकियो शो

काठमाडौं । भारतीय चलचित्र आदिपुरुषको शो भारतको फिल्मीनगरी मुम्बईमा पनि रोकिएको छ । प्रभास, कृति सेनन र शेफ अली खान स्टारर फिल्म आदिपुरुषको विवाद चलचित्र प्रदर्शन अगाडि नै भइरहँदा मुम्बईको नालासोपारमा हिन्दू संगठनका कार्यकर्ताले आइतबार साँझको शो रोकाएका हुन् ।

हिन्दू संगठनका कार्यकर्ताले थिएटरमा पुगेर नाराबाजी गर्दै दर्शकलाई बाहिर जान भनेका थिए । त्यसपछि शो रद्द भएको हो । त्यस्तै छत्तीसगढको बिलासपुरमा हिन्दूवादी संगठनहरुले र्याली निकालेका थिए । विवादित संवाद राख्नुका साथै रामलाई जिसस जस्तो देखाएको आरोपसमेत छ । यो चलचित्र आजदेखि नेपालका विभिन्न भागमा शो चल्न बन्द गरिएको छ । सीतालाई भारतमा जन्मिएको भनेर संवाद बोलिएपछि चलचित्र प्रदर्शनमा रोक लगाइएको हो ।

चलचित्रका लेखक मनोज मुन्तशिरले फिल्मलाई लिएर सफाइ दिएका छन् । सो क्रममा उनले विवादित संवाद हटाउने पनि बताएका छन् ।
शुक्रबारदेखि प्रदर्शनमा आएको यो चलचित्रको दोस्रो दिनमै कमाईमा ४० प्रतिशत गिरावट आएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित