हुम्ला जिप दुर्घटना अपडेट : दर्जन यात्रु जोगाएका चालकको निधन

हुम्ला । सिमकोट- हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाका चालक ३० वर्षीय चालक राजेश हेन्जन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

सोमबार बिहान सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको कर्णाली प्रदेश ३० १०२२ च ५१२६ नम्बरको बोलेरो जीप च्याछरा भीरबाट कर्णाली नदीमा खसेको हो। चट्टानी भीरको उकालो सडकमा जीप अगाडि बढ्न नसकेर ब्याक भएपछि नदीमा खसेको हो। प्रहरीका अनुसार चालक तामाङको घटनास्थलमै मृत्यु भएको हो।

चालक तामाङले खस्दै गरेको जीपबाट हाम फालेर आफ्नो ज्यान बचाउन खोजेका थिए तर उनलाई गाडीले लछारेर लगेको थियो। गम्भीर घाइते भएका चालकको उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउने तयारी गरिरहेको अवस्थामा मृत्यु भएको हो।

नदीमा खसेको जीपको पाङ्ग्रा मात्र नदी बाहिर देखिएको छ। उकालो भीरमा गाडी चढ्न नसक्ने भन्दै चालक तामाङले बाह्र जना यात्रुलाई झारेर आफूले गाडी चलाएका थिए। बाह्र जनाको ज्यान बचाएका उनले आफ्नो ज्यान भने बचाउन सकेनन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित