बाढीपहिरो प्रभावित क्षेत्रमा प्रधानमन्त्री जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्रमा गएका छन्। उनी केही बेरअघि संखुवासभा, पाँचथर र ताप्लेजुङको बाढीपहिरोग्रस्त ठाउँ अवलोकनका लागि प्रस्थान गरेको प्रधानमन्त्रीको प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

‘उहाँ बाढीपहिरो प्रभावित ठाउँ जानुभएको छ,’ उनले भने। सोमबार बिहान बाढीपहिरो प्रभावित क्षेत्रका सांसद, नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर उद्धार र राहतमा तदारूकता देखाउन माग गरेका थिए।

प्रधानमन्त्री पूर्व जाने भएपछि समाजवादी मोर्चा घोषणा पनि एक घन्टालाई सरेको छ। तीन बजेलाई तय भएको घोषणा कार्यक्रम ४ बजेलाई सारिएको छ। मनसुनको आरम्भवमा पूर्वी पहाड बाढी, पहिराको चपेटमा परेको छ। अहिलेसम्म ५ जनाको मृत्यु र २९ जना बेपत्ता रहेको प्रहरीले बताएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित