बाढीमा परेर संखुवासभाको हाइड्रोपावरमा काम गर्ने १६ जना बेपत्ता

काठमाडौं । गएराति आएको बाढीमा परेर सङ्खुवासभाको सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ जना मजदुर बेपत्ता भएका छन् ।

हेवाखेलामा गएराति आएको बाढीका कारण हाइड्रोपावरमा काम गर्ने १६ जना बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । उनका अनुसार बाढीले हाइड्रोपावरको पाँच वटा घर बगाएको छ । त्यही घरमा सुतिरहेका मजदुरहरु बाढीमा परेका हुन् ।

हेवा खोलामा अहिले पनि बाढी आइरहेको र पानी समेत परिरहेकाले बेपत्ता भएकाहरुको खोजीमा कठिनाइ भइरहेको प्रमुख जिल्ला अधिकारी कार्कीको भनाइ छ । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोपावरमा पूर्णरूपमा क्षति पुगेको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित