मेलम्ची पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षणका लागि सिन्धुपाल्चोक पुगेका छन्।

प्रचण्ड शनिबार बिहान सिन्धुपाल्चोक गएका हुन्। प्रधानमन्त्रीका साथमा खानेपानीमन्त्री महिन्द्र राय यादव, स्वस्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलगायत छन्।

दिनभर सिन्धुपाल्चोकमा रहने प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी आयोजनाको अवस्थाबारे जानकारी लिनेछन्। साथै स्थानीय बासिन्दासँग अन्तरक्रिया पनि गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रचण्डसहितको टोलीलाई अम्बाथान क्याम्पमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशकले आयोजना सम्बन्धी ‘ब्रिफिङ’ गर्ने कार्यक्रम छ।

त्यसपछि प्रधानमन्त्रीले ग्याल्थुममा स्थानीय पदाधिकारीसँग पनि अन्तरक्रिया गर्नेछन्। उनी सिन्धुपाल्चोकबाट साँझ ५ बजेपछि फर्किने कार्यक्रम छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित