उद्योगीले चिनीमा प्रतिकिलो ४ रुपैयाँ बढाए

काठमाडाैं। चिनी उद्योगीले कार्टेलिङ गर्दै चिनीको मूल्य चार दिनमै किलोमा ४ रुपैयाँले वृद्धि गरेका छन्। काठमाडौंमा चिनीको व्यवसाय गरिरहेका व्यवसायीका अनुसार चिनीका ठुला उद्योगीले एकै चोटि मूल्यवृद्धि गरेर किलोको ९३ रुपैयाँ ५० पैसा बनाएका हुन्।

शुक्रवारदेखि उद्योगीले काठमाडौँका अधिकृत विक्रेतालाई किलोको ९३ रुपैयाँ ५० का दरले चिनीको डेलिभरी दिइरहेका छन् । अब यो चिनी खुद्रा बजारमा पुगेर उपभोक्ताले खरिद गर्नुपर्दा किलोको १ सय रुपैयाँभन्दा बढी पर्नेछ। उद्योगीले सोमबारसम्म एक किलो चिनी काठमाडौँ डेलिभरी गर्दा ८९ रुपैयाँ ५० पैसा लिइरहेका थिए।

त्यस्तै १० दिन पहिलाको दरभाउ किलोको ८७ रुपैयाँ थियो। अहिलेको दर ९३ रुपैयाँ ५० पैसा छ। यसप्रकार १० दिनमै चिनीको मूल्यमा साढे ६ रुपैयाँले वृद्धि भएको छ। व्यवसायीका अनुसार कार्टेलिङ गरेर चिनीको मूल्य तोक्न ५ ठुला उद्योगका सञ्चालकको मुख्य भूमिका छ। यसरी मूल्यवृद्धि गर्ने उद्योगमा इन्दुशंकर चिनी मिल, रिलायन्स सुगर मिल, एभरेस्ट सुगर मिल, हिमालय सुगर मिल र इस्टर्न सुगर मिल हुन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित