गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट (पूर्णपाठसहित)

पोखरा । गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोडको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शुक्रवार प्रदेश सभामा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरे ।

कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख (३८ दशमलव १ प्रतिशत) र पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख रुपैयाँ (६० दशमलव ४ प्रतिशत) विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ (१ दशमलव ५ प्रतिशत) छुट्याइएको छ ।

बजेटले कृषि, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधालाई पहिलो प्राथमिकतामा राखेको छ । डायलासिसको प्रतिक्षामा रहेकाको सङ्ख्या शून्यमा पुर्‍याउने उद्देश्य प्रदेश सरकारले लिएका छ । सरकारले क्यान्सर पीडितलाई एक लाख रुपैयाँसम्म सहायता दिने घोषणा गरेको छ । आउँदो आर्थिक वर्षभित्र प्रदेशलाई ‘उज्यालो गण्डकी’ घोषणा गर्ने सरकारको लक्ष्य छ ।

सरकारले भौतिक पूर्वाधार शीर्षकमा ११ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आउँदो वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र हुने, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण हुने बजेट वक्तव्यमा उल्लेख छ । पुँजीगत शीर्षकमा विनियोजन भएको २० अर्ब १९ करोड रुपैयाँ बजेटको ठूलो हिस्सा पूर्वाधार मन्त्रालयले पाएको छ ।

प्रदेशको आम्दानीमा सङ्घ सरकारबाट ससर्ततर्फ चार अर्ब ९४ करोड १५ लाख, समानीकरणतर्फ सात अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँटबाट नौ अर्ब पाँच करोड ३२ लाख, समपूरकतर्फ ८४ करोड र विशेष अनुदानतर्फ ७० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । बजेटमा आन्तरिक राजस्व पाँच अर्ब १६ करोड ९१ लाख ८४ हजार रुपैयाँ प्राप्त हुने लक्ष्य छ । चालु आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित