काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेले थुनछेक आदेश गर्दै दुई जनालाई धरौटीमा छोडेका छन् भने अरु १६ जनालाई थुनामा पठाएका छन्। जिल्ला अदालत काठमाडौंको आदेशले पूर्वगृहमन्त्री बालकृष्ण खाण लगायत १६ जनालाई थुनामा पठाएको छ।
अदालतले प्रतिवादी लक्ष्मी महर्जनलाई पाँच लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी कार्यमा संलग्न रहेको अभियोगमा पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता खाण, नेकपा एमाले नेता र रायमाझी र बहालवाला सचिव टेकनारायाण पाण्डेसहित १८ जना पक्राउ परेका थिए। उनीहरुमाथि संगठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोपसहित पाँच अभियोग दाबी गरिएको छ।