बागलुुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारी लालमति रोकालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार अदालतबाट पक्राउ पूर्जी लिएर सञ्चालक भण्डारी र रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र कुमार खड्काले न्यूज खरीलाई जानकारी दिए । उनका अनुसार भण्डारीलाई बुर्तिबाङ बजारबाट र सहकारीका कर्मचारी लालमती रोकालाई ताराखोलाबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका भण्डारीलाई जिल्ला अदालत बागलुङले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । रोकालाई भने आइतबार म्याद थप गरी अनुसन्धान अगाडी बढाइने खड्काकाे भनाइ छ ।
बचतकर्ताले सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र सञ्चालक विरुद्ध सात सय ६८ वटा उजुरी दिएका थिए । उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी लिएर सञ्चालक र कर्मचारीहरुलाई प्रहरीले पक्राउ गर्न थालेको हो ।
अध्यक्ष देवकुमार नेपालीले बचतकर्ताकाे करिब २ अर्ब रकम हिनामिना गरी सपरिवार जेठ ५ गते देखि फरार छन् ।