पड्किसकेको गोली फर्किनु र राजा फर्किन्छ भन्नु एउटै हो : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले वर्गीय, क्षेत्रीय र लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी बजेट आउनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद पौडेलले बजेट सबै क्षेत्रमा समानरूपमा आउनुपर्ने बताए ।

उनले आफूहरू वर्गीय, क्षेत्रीय, लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी राज्यको अग्रगामी पुनःसंरचना गर्नुपर्ने पक्षमा रहेको भन्दै त्यस्ता उत्पीडनको अन्त्य हुनेगरी बजेट आउनुपर्ने बताए । मन्त्रीले दुई-चारवटा बजेट हाल्नु स्वाभाविक भए पनि देख्न र हेर्नै नसक्नेगरी एक क्षेत्रमा मात्रै बजेट हाल्नु नहुने उनको भनाइ छ । वर्तमान राज्यप्रणालीमाथि आक्रमण गर्नु संविधानविपरीत हुने सांसद पौडेलले बताए ।

असफल भइसकेको, बगिसकेको खोला फर्किन्न भनेजस्तै । पड्किइसकेको गोली फर्किन्न भनेजस्तै त्यही प्रणाली फर्काउने र त्यतैपट्टी केन्द्रित भएर अहिलेको प्रणालीलाई हामीले आक्रमण गर्ने काम नगरौँ । संविधानविपरीत हुन्छ । यो विन्दुबाट समाजवादी प्रणाली निर्माण गर्नको निम्ति अगाडि बढ्नु अबको आवश्यकता हो । यो जनताले ल्याएको व्यवस्था हो । त्यसकारण अगाडि बढ्नुको विकल्प छैन,’ पौडेलले भने ।

उनले अगाडि थपे, ‘वर्गीय, क्षेत्रीय, लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी राज्यको अग्रगामी पुनःसंरचना भनेका छौँ । अनि एउटै क्षेत्रमा बजेट हाल्ने । मन्त्री भइसकेपछि दुई, चारवटा बजेट हाल्नु भएकोमा तपाईँलाई जनताले भन्छन् स्वागतयोग्य कुरा हो । तर देख्नै नसकिने गरी नगरिदिनु होला । त्यसो गरे क्षेत्रीयरूपमा उत्पीडनमा परेका भूगोल, उत्पीडनमा परेका ठाउँहरू अन्यायमा पर्छ । अन्याय नसहने भनेर यो संविधान बनाएको हो नि । फेरी यो प्रणालीमा आएर पनि कुनै क्षेत्रका जनतालाई अन्याय गर्‍यौँ भने त राम्रो हुँदैन नि ।’

सांसद पौडेलले स्थानीय, प्रदेश र संघ सरकारका बीचमा नीति, कार्यक्रम र बजेटको सन्दर्भमा तादम्यता नमिलेको पनि बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित