शरणार्थी प्रकरण : सरकारी वकिलको प्रतिउत्तर बहस सकियो, आजै थुनछेक आदेश आउने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा भएको बहस सकिएपछि शुक्रबार नै थुनछेक आदेश आउने भएको छ । गत जेठ २१ गतेबाट जारी थुनछेक बहसमा सुरुमा वादी नेपाल सरकारका तर्फबाट बहस गरिएको थियो ।

तीन दिन नेपाल सरकारको तर्फबाट बहस गरिएपछि चौथो दिन वादीका तर्फबाछ स्वागत नेपाल, ध्रुवलाल श्रेष्ठ लगायत चारजना कानुन व्यवसायीले बहस गरेका थिए ।

वादीका तर्फबाट बहस गर्ने सरकारी वकिल र कानुन व्यवसायीहरुले प्रतिवादीहरुलाई बाहिर छाड्दा प्रमाण नष्ट गराउनसक्ने र जाहेरवालालाई नै खतरा भएको भन्दै उनीहरुलाई थुनामै राखेर मुद्दाको पुर्पष गर्नुपर्ने जिकिर लिएका थिए । त्यसपछि प्रतिवादीतर्फका कानुन व्यवसायीहरुको बहस भएको थियो । कानुन व्यवसायीहरुले प्रतिवादीहरुलाई राज्यले नै फसाएको भन्दै उनीहरुले कुनै अपराध नगरेको र अपराध गरेको पुष्टि नहुने भन्दै साधारण तारेखमै छाड्न माग गरेका थिए ।

शुक्रबार सरकारी वकिलका तर्फबाट भएको जवाफी बहसमा सह न्यायाधिवक्ता अच्युतमणि नेउपाने, जिल्ला न्यायाधिवक्ताहरु महेश खत्री तथा लक्ष्मण घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनीले जावाफी बहस गर्दै प्रतिवादीहरुलाई थुनामै राख्नुपर्ने माग गरेका थिए । जाहेरवालाको तर्फबाट बहस गर्ने भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र ध्रुवलाल श्रेष्ठले पनि प्रतिवादीहरुलाई बाहिर छाड्दा झनै खतरा हुने र उनीहरुलाई हुने सजाय तीन वर्षभन्दा बढी हुने भएकाले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने जिकिर लिएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित