काठमाडौंमा चल्न थाल्यो ‘आदिपुरुष’

काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म आदिपुरुषु काठमाडौं उत्यकाभित्र प्रदर्शनमा आएको छ। बिहीबार जानकी भारतीय छोरी हुन् भन्ने संवादलाई लिएर विवाद भएसँगै बिहानी शो रद्द गरिएको थियो।

नेपालको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ११ बजेदेखि काठमाडौं उपत्यकामा फिल्म प्रदर्शन गरेको क्युएफएक्सकी बजार प्रबन्धक तृप्ती गिरीले बताइन्। ११ बजेपछि हामीले आदिपुरुष चलाइरहेका छौं। विवादित संवाद हटाएर नै हामीलाई फिल्म पठाइएको थियो। तर मानिसहरू आक्रोशित देखिएपछि सुरक्षा दिन नसकिएला भनेर फिल्म रोकेका हौं। अब फिल्म नियमित प्रदर्शन हुन्छ, उनले भनिन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भारतमा पनि जानकी भारतीय छोरी हुन् भन्ने संवाद नहटाएसम्म काठमाडौंमा हिन्दी फिल्म प्रदर्शन गर्न नदिने चेतावनी दिएका छन्। उनले उक्त संवाद हटाउन तीन दिनको समय दिएका छन्।

ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभास रामको भूमिकामा देखिएका छन् भने कृति सेनन सीताको भूमिकामा देखिएकी छन्। सैफ अली खान रावणको भूमिकामा देखिएका छन्। रामायण कथामा आधारित भएर चलचित्र निर्माण गरिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित