समाजवादी मोर्चा आज घोषणा नहुने

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरुले बनाउने भनेको समाजवादी मोर्चा आज घोषणा नहुने भएको छ । आन्तरिक तयारी नपुगेको भन्दै आज मोर्चा गठनको घोषणा नहुने भएको हो । यसअघि नेताहरुले आज असार १ गते मोर्चा गठनको घोषणा हुने बताएका थिए ।

मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा सहभागी हुने पक्का छ । यसमा डा। बाबुराम भट्टराई नेतृत्वको नेसपालाई पनि समेट्नेबारे छलफल भइरहेको छ । एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले दलहरुको आन्तरिक तयारी नपुगेकाले आज मोर्चा घोषणा नहुने बताउँदै भने, ‘अझै एक–दुई दिन लाग्ने नै जस्तो देखियो, सबैको आन्तरिक बैठक र तयारी पूरा नभएको हुनाले ।’

मोर्चाबारे छलफल गर्न आज एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठक बसेको थियो । बैठकमा सो पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल अनुपस्थित थिए । त्यसैले औपचारिक निर्णय भएन । तर मोर्चामा सामेल हुने र छिटो घोषणा गर्नका लागि पहलकदमी लिने सर्वसम्मत निर्णय भएको नेता खतिवडाले जानकारी दिए ।

खतिवडाले भने, ‘हाम्रो पार्टीको आन्तरिक तयारी पूरा भइसकेको छ । अरु पार्टीहरुको केही कुरालाई पर्खनुपर्ने स्थिति भएको हुनाले आज चाहिँ यो समाजवादी मोर्चा नेपालको घोषणा हुन नसक्ने तर अत्यन्तै चाँडै यो घोषणा गर्ने ठाउँमा अन्य दलहरुसँग छलफल भइरहेको स्थिति छ ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित