तुलसीपुरबाट रोल्पा जाँदै गरेको जीप दुर्घटना, १० जना घाइते

दाङ । दाङमा यात्रुवाहक जीप दुर्घटना भएको छ। शुक्रबार बिहान तुलसीपुरदेखि रोल्पाको ओत जाँदै गरेको रा १ ज ५५६ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका-३ शिरखोलामा दुर्घटना भएको हो।मल्लले जिप सडकबाट ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।
दुर्घटनामा दस जना घाइते भएका उनले बताए। तीमध्य ६ जनाको अवस्था गम्भीर रहेको पनि डिएसपी मल्लले जानकारी दिए।

घाइते सबैलाई उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पठाइएको उनले बताए । डिएसपी मल्ल नेतृत्वको प्रहरी टोली अहिले घटनास्थल पुगेको छ। प्रहरीले तीव्र गतिका कारण जीप दुर्घटनामा परेको अनुमान गरेको छ। यसबारेमा थप अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित