माधव, प्रचण्ड, उपेन्द्र र विप्लवको पार्टी मिलेर समाजवादी मोर्चा घोषणाको तयारी

काठमाडौं । शक्ति संचयका लागि प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा समाजवादी केन्द्र घोषणाको तयारी भएको छ ।आज दिउँसो कार्यक्रम गरी नीति र उदेश्यसहित समाजवादी केन्द्र वा मोर्चा घोषणा गर्न लागिएको हो । नेकपा माओवादी, नेकपा एस, जसपा सहितका दलहरुले धेरै अगाडि प्रयास गरेको मोर्चा गठनलाई आज पूर्णता दिन लागिएको हो ।

सरकारमा रहेका तीन दल र सरकार बाहिर रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर आज समाजवादी मोर्चाको घोषणा हुने बताइएको छ ।नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा हुन लागेको नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनाकारी दिए ।

यो मोर्चाका लागि लामो समयदेखि छलफलरत नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईलाई भने बाहिरै राख्ने लगभग निश्चित भएको छ । स्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले बाबुरामलाई मोर्चामा सहभागी गराउन नहुने अडान लिएपछि उनलाई बाहिर राखिएको हो ।

बाबुराम मोर्चामा सहभागी भए आफू नरहने यादवको धम्कीपछि नेसपालाई बाहिरै राखिएको हो । ‘चार पार्टीसहितको समाजवादी मोर्चा शुक्रबार नै घोषणा गर्ने तयारी छ । हाम्रो पार्टीको सचिवालय बैठक बसिरहेको छ त्यहीँबाट समाजवादी मोर्चामा सहभागी हुने निर्णय गर्छौँ,’ खतिवडाले भने ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँगको छलफलपछि विप्लव पनि समाजवादी मोर्चामा आउन सहमत भएका हुन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार दाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै समाजवादी मोर्चा घोषणा अन्तिम चरणमा पुगेको बताएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित