काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाइएको छ । यो संवादलाई लिएर नेपालमा चौतर्फी आलोचना भएको थियो । नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिनसमेत अस्वीकार गरेको थियो । उक्त संवाद बीप गरिएपछि प्रदर्शनको अनुमति दिइएको थियो ।
चलचित्रमा राखिएको सीता भारतमा जन्मेको प्रसङ्ग निर्माताले हटाएका हुन् । भारतीय अखबार टाइम्स अफ ईन्डियाका अनुसार सीता रामायण अनुसार नेपालमा जन्मेको भएको र मेयरको बालेनको चेतावनी आएपछि हटेको उल्लेख छ ।
सीताको जन्म नेपालमा भएको तथ्य नेपालमा मात्रै नभई समग्र फिल्ममा राख्नुपर्ने अडानसहित काठमाडौंका मेयर बालेन शाहले नत्र काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने उद्घोष गरेका थिए ।