अल्पमतमा परेको कोशी प्रदेशले जारी गर्‍याे अध्यादेश

मोरङ । कोशी प्रदेश सरकारले बिहीबार अध्यादेशमार्फत बजेट जारी गरेको छ । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरेका छन् ।

अल्पमतमा परेको एमालेका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले कानुनी उल्झन आउने जोखिम देखेपछि आजै आर्थिक वर्ष २०८०र०८१ को बजेट ल्याएको हो ।

अध्यादेशबाट बजेट ल्याउन मन्त्रिपरिषद्‌को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको चालू वर्षे अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिसकेका छन् ।

प्रदेशसभामा आउँदो वर्षको बजेटको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार प्रस्तुत गरेका थिए । उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले प्रदेशसभाको चालू बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

जनता समाजवादी पार्टी र माओवादी केन्द्रले पदेश सरकारबाट समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो । ९३ सदस्यीय प्रदेशसभामा सत्तारूढ एमालेका ४० र राप्रपाका ६ गरि ४६ र प्रतिपक्षमा कांग्रेसका २९, सभामुखसहित माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक जना गरी ४७ प्रदेश सदस्य छन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित