काठमाडौं । सुनको मूल्यलगातार घट्न थालेको छ ।
बिहीबार तोलामा ८ सय रुपैयाँ घट्दै कारोबार मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँ थियो।
चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला १४ सय ५ रुपैयाँ कायम छ । बुधबार चाँदी तोलामा २५ रुपैयाँले घट्दै कारोबार मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ थियो।