वडासदस्य ज्ञानीको श्रीमानको कुटाइबाट मृत्यु

काभ्रे । नमोबुद्ध नगरपालिका– ११ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । मृतक निर्वाचित वडासदस्यसमेत हुन् । श्रीमानको कुटाइबाट घाइते भएकी वडासदस्यको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार श्रीमानको कुटाइबाट नमोबुद्ध ११ की वडासदस्य ४५ वर्षीय ज्ञानी विकको मृत्यु भएको छ।

जेठ २९ गते आफ्नै श्रीमान् ४८ वर्षीय शम्भु विकको कुटपिटबाट ज्ञानी गम्भीर घाइते भएकी थिइन् । घाइते ज्ञानीको उपचारको क्रममा धुलिखेल अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घरायसी झगडाको क्रममा जेठ २९ गते राति शम्भुले ज्ञानीमाथि कुटपिट गरेका थिए । धुलिखेल अस्पतालमा परीक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो ।

ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान् शम्भुलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित