श्रीमतीको अर्कै प्रेमी रहेको थाहा पाएपछि हत्या

तनहुँ । तनहुँमा बोराभित्र मृत फेला परेकी युवतीलाई आफ्नै श्रीमानले हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले हत्या आरोपमा भानु नगरपालिका(५ मैबल घर भई व्यास नगरपालिका ४ स्थित डेरामा बस्ने २० वर्षीय मनोज विष्टलाई पक्राउ गरेको हो।

मृतक व्यास १२ माइती भएकी उनकै २२ वर्षीया श्रीमती रंगिला भुजेल हुन्। कार्यालयले यस घटनाबारे बुधबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। प्रहरीले उनका श्रीमान विष्टलाई हत्या अभियोगमा पक्राउ गरेको हो।

एसपी अबदेश विष्टका अनुसार मनोजले आफ्नी श्रीमतीको अर्कै प्रेमी रहेको थाहा पाएका थिए। उनले प्रेमी रहेको थाहा पाएपछि गत शुक्रबार मध्याह्नमा डेरामा रंगिलालाई मुक्काले हिर्काएका थिए। त्यसपछि भने उनले घाँटी थिचेर हत्या गरेको एसपी विष्टले बताए।

हत्यापछि उनले व्यास ४ चिहानडाँडा नजिकैको नालामा फ्याँकेका थिए। हात बाँधिएको अवस्थामा बोराभित्र राखेर शव उक्त स्थानसम्म पुर्‍याइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। शव भने मंगलबार बिहान स्थानीयले गन्ध आएको थाहा पाएपछि फेला पारेका थिए।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित