७० हजार घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ

धनुषा । धनुषाको नगराइन नगरपालिकाका एक वडाध्यक्ष र वडासचिव अख्तियारको फन्दामा परेका छन् । बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले नगराइन नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झालाई बुधबार साँझ पक्राउ गरेको हो ।

वडाध्यक्ष यादव र सचिव झाले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ४० लाख रुपैयाँको योजनामा नगराइन–२ मा सडक निर्माण सम्पन्न भएपश्चात् सिफारिसबापत उपभोक्ता समितिका अध्यक्ष रोहित चौधरीसँग ७० हजार रुपैयाँ कमिसन मागेका थिए ।

अख्तियारको टोलीले चौधरीको उजुरीका आधारमा दुवैजनालाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि अख्तियारको कार्यालयमा लगिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित