पूर्वी नेपालबाट भित्रियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन पूर्वी नेपालबाट भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार मनसुनी प्रणाली नेपालमा प्रवेश गरेको हो। कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशको पूर्वी भू-भागमा मनसुन आगमन भएको विभागले जनाएको छ।

नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन हो। यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरि नेपालमा प्रवेश गरेको विभागले जनाएको छ। पूर्वबाट भित्रिएको मनसुन विस्तारै पश्चिमी भूभागतिर पुग्नेछ। देशका अन्य भू-भागमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने देखिएको विभागको भनाइ छ।

मनसुन भित्रिएसँगै पूर्वी नेपालमा मौसम बदली हुने भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागलेको आंकलन छ।

आज राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

साथै मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित