५५ लाखको सुनसहित एक जना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट आएको प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको यात्रुवाहक बसमा सवार वीरगञ्ज महानगरपालिका –१६ का २२ वर्षीय किशन साहलाई प्रहरीले बुधबार बिहान रातोमाटे चेकपोष्टबाट सुनसहित पक्राउ गरेको हो ।
साहलाई शङ्का लागि शरीर तथा झोला खानतलासी गर्दा निजले लगाएको जुत्ताको नोकभित्र तीन थान सुन फेला परेको थियो । साहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा सार्वजनिक गरिएको छ ।

मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले साहको साथबाट सुन जस्तो देखिने पहेँलो धातु ५६१.३० ग्राम फेला परेको जानकारी दिनुभयो । ५४ लाख ४८ हजार ५४२ रुपियाँ मूल्य बराबरको सुनसहित पक्राउ परेका साहमाथि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

यस्तै, प्रहरीले हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे चेकपोष्टममा सवारी साधन जाँच गर्ने क्रममा वीरगञ्जबाट पोखरा जाँदै गरेको ग २ ख ६९२ नं। को यात्रुबाट बसको डिक्कीमा लुकाई ल्याएको कपडा बरामद गरेको छ । सय थान साडी र छ सय थान सल गरी एक लाख पाँच मूल्य बराबरको कपडा बरामद गरी प्रहरीले आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित