सरकार छोड्न परे परोस्, भ्रष्टाचारी बचाउन सम्झौता गर्दैनौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता स्वार्थकै लागि भ्रष्टाचारीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने बताएका छन् । प्रेस सेन्टर नेपालका पदाधिकारीसहितको टोलीले बुधबार बिहान बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछाड्ने बताएका हुन् ।

‘कतै सत्तारुढ दल सरकार टिकाइ राख्नका लागि भ्रष्टाचारीलाई उन्मुक्ति दिने हो कि भन्ने भ्रम सृजना भइरहेको छ । हामी सत्ता स्वार्थकै लागि उन्मुक्ति दिने पक्षमा छैनौँ । बरु सरकार छोड्न परे पनि परोस् । भ्रष्टाचार र सुशासन विरुद्धका हाम्रो अभियान जारी रहन्छ । यसमा कसैले शंका नगरे हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले सरकारले गरेका राम्रा काम देखेर प्रमुख प्रतिपक्षलगायत नयाँ भनिएका दलहरूलाई अपाच्य भएको पनि टिप्पणी गरे । उनले सदनदेखि सडकसम्म भ्रम सृजना गर्ने काम गरिरहेको र यसले उनीहरू नांगिदै जाने पनि बताए ।

‘प्रमुख प्रतिपक्ष दल लगायतका नयाँ भनिएका दलले सरकारले राम्रो काम गर्‍यो भनेर हाम्राविरुद्ध सदनदेखि सडकसम्म अवरुद्ध सृजना गरिरहेका छन् । तर, उनीहरू सदनदेखि सडकसम्म नांगिदै गएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले राम्रो काम गर्दा भ्रष्टाचार र सुशासनका देखावटी नारा लगाउने नयाँ दलका मुद्दा पनि खोपिएका छन् ।’
उनले आफ्नो भारत भ्रमण अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट र फलदायी भएको पनि दाबी पनि गरे ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित