बजेट संशोधन गर्न सत्तारुढ दलका शीर्ष नेताहरूबीच समझदारी

काठमाडौं । आगामी आर्थिक वर्ष २०८० ०८१ को बजेटको आकार घटबढ नहुनेगरी संशोधन गर्ने सत्तारुढ दलका शीर्ष नेताहरूबीच समझदारी भएको छ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच केही आयोजनाहरू मात्र परिवर्तन गर्नेगरी समझदारी भएको हो।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असहमति जनाइरहेका बेला प्रधानमन्त्री बजेटमा करेक्सन गरेर जान तयार रहेको बताएका थिए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा। प्रकाशशरण महत, जसपा नेता राजेन्द्र श्रेष्ठ लगायत उपस्थित थिए।

अर्थमन्त्रालयका एक अधिकारीका अनुसार शीर्ष नेताहरूको उक्त सहमतिबारे मन्त्रालयमा आधिकारिक जानकारी भने गराइएको छैन।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित