पकुवामा पानी झरेपछि हर्षले रोए हर्क साम्पाङ

धरान । सुनसरीको धरान उपमहानगरपालिकाको -२० नम्बरको पकुवामा सोमबार मध्यराति १२ बजेर ३ मिनेटमा कोकाहा खोलाको पानी झर्‍यो ।धरानका मेयर हर्क साम्पाङ राईले सुरु गरेको श्रमदान अभियानकोे ९८औं दिन पुग्दा करिब ४१ किलोमिटर पाइप तानेर कोकाहमा पानी ल्याइएको हो ।

पानी आएपछि भावुक हुँदै आँसु झारेका मेयर साम्पाङ केहि बेर बोल्नै सकेनन् । पानी कुरेर जागराम बसेका मेयर साम्पाङ हातमा हथौडा बोकेर पाइपबाट झरेको पानी छेउमा उभिएर एक छिन रोए, अनि पानी हातले फिजाउँदै सबैतिर छर्के, आफ्नो शरिर भिजाए । त्यो देखेर पानी कुरेका धरानबासी पनि सँगै रोए, हल्ला गरे, नारा लगाए ।

‘दुई दिन देखि कोकाहको पानी नझारी घर नै नजाने भनेर मेयर साब -२० नम्बर वडाको पकुवा नजिक खोला मै थिए, पानी झरेपछि मेयरले आँसु थाम्न सकेनन्, त्यो देखेर हामी सबै राेयौं,’ मध्यरातमा पानी झरेको ठाउँमा पुगेका रसिक थेबे भन्छन् ।

मेयर राईले भावुक हुँदै घर नजाने घोषणा गर्र्दै रातभरी पकुवा खोला किनारमा बसे । पानी झरेको हेर्न आउनेलाई उनले भने, ‘भोलि धरानमा उत्सव मनाउन आउनु होला, कोकाह खोलाको पानीले नुवाउनुपर्छ ।’सँगै गएका सहयात्रीहरुका अनुसार मेयर निर्वाचित भएदेखि सबैभन्दा खुशी सोमबारराति नै देखिए । पानी झरे पछि धरानका उपप्रमुख अइन्द्र विक्रम बेघा पनि पकुवा पुगेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित