असारमा व्याजदर यथावत् राख्ने बैंकर्स संघको निर्णय

काठमाडौं । बाणिज्य बैंकहरूले असारमा निक्षेप तथा कर्जाको व्याजदर स्थिर राख्ने निर्णय गरेका छन् । आज बसेको नेपाल बैंकर्स संघको बैठकले मुद्दती निक्षेपमा दिँदै आएको ९.९९ प्रतिशतको व्याजलाई यथावत् राखेको छ ।

यस्तै संस्थागत मुद्दती निक्षेपको व्याज ७.९९ प्रतिशत रहनेछ । बैकर्स संघका सदस्य तथा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले असारमा निक्षेपको व्याजदर तलमाथि नगर्ने निर्णय गरेको जानकारी दिए ।

यता कर्जाको मामलामा भने महिनैपिच्छे आधारदर चलाउन सकिने राष्ट्र बैंकको प्रावधानअनुसार केही तलमाथि हुनसक्ने खालिङले बताए । अहिले साधारण निक्षेपमा भने ५ देखि साढे ८ प्रतिशतसम्म व्याजदर रहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित