प्युठान । स्वर्गद्वारीमा सोमबार भएको जीप दुर्घटनामा ज्यान गुमाएका आठै तीर्थयात्री दाङका रहेको खुलेको छ ।
दाङको घोराही १० नारायणपुरबाट प्युठानको स्वर्गद्वारी तीर्थयात्राका लागि गएका ८ जना तीर्थयात्री सवार जीप दुर्घटना हुँदा उनीहरूले ज्यान गुमाएका छन् ।
स्वर्गद्वारी दर्शन गरेर फर्किने क्रममा भिग्री नजिकै लु १ च ६३४५ नम्बरको जीप दुर्घटना हुदाँ ४ बालबालिकासहित ८ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी उमेशराज जोशीले जानकारी दिए ।
डिआईजी जोशीका अनुसार दुर्घटनामा दाङको तुलसीपुर -१५ कोठरीकी ३५ वर्षीया सरीता शर्मा पोखरेल, उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, यस्तै दाङको लमही नगरपालिका -५ का जीप चालक तारा कुमाल, गढवा गाँउपालिका -५ बाँकीका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा शाह र उनीहरूकै ९ वर्षका छोरा आदित शाहको मृत्यु भएको हो । अर्का एक जनाको भने शनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।