काठमाडौं । सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा एक सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो।
सोमबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ थियो।
चाँदीको मूल्य सोमबार तोलामा १० रुपैयाँले घट्दै प्रतितोला १४ सय ४५ रुपैयाँ कायम छ। आइतबार प्रतितोला १४ सय ५५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य थोरै घटेको छ। आइतबार प्रतिऔंस १९६०.७५ डलरले कारोबार भएको सुन घटेर सोमबार १९५८.९६ डलर भएको छ।
चाँदी पनि सामान्य गिरावटसहित सोमबार प्रतिऔंस २४.१५ डलर छ। आइतबार २४.२८ डलरले कारोबार भएको थियो।