काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने नगर्ने भन्ने निर्णय जेठ ३२ गते हुने भएको छ ।
सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा पेस भएको कार्य योजनामा कार्कीविरुद्ध परेका उजुरीको अध्ययन र छलफलपछि असार ३२ गते निर्णय गर्ने तयारी गरेको हो ।
प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका २९ वटा उजुरीमाथि अध्ययन गर्न सोमबार समितिका सदस्यहरूलाई फोटोकपी वितरण गरिएको छ । कार्की गत वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीश लागि सिफारिस भएका थिए ।
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी साउन २० देखि अनिवार्य अवकाशमा जाने छन् ।