नक्कली भुटानी शरणार्थी प्रकरण : सन्दीपको बहस सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार एकजना अभियुक्तको मात्र बहस सकिएको छ । आज एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीपको मात्र बहस सकिएको हो ।

आजै अर्का अभियुक्त टेकनारायण पाण्डेको तर्फबाट कानुन व्यवसायीहरूले बहस थाले पनि सकिएन । भोलि पुनः पाण्डेका कानुन व्यवसायीले बहसलाई निरन्तरता दिने छन् ।

गत आइतबारबाट यस प्रकरणमा थुनछेक बहस भइरहेको छ । गत मंगलबारसम्म सरकारी वकिलको तर्फबाट आठजनाले बहस गरेका थिए । बुधबारबाट अभियुक्तहरूको तर्फबाट बहस सुरु भएको हो । हालसम्म जम्मा ९ अभयुक्तको तर्फबाट बहस सकिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा जेठ १० गते ३० जनाविरुद्ध पाँच अभियोगमा मुद्दा दर्ता गरेको थियो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौँ रकम लिएर ठगी गरेको आरोपमा ठगीको कसुरसहित किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित