टेस्ला गाडीको मूल्य ह्वातै घट्यो

काठमाडौं। टेस्ला गाडीको आधिकारिक बिक्रेता आरित इन्टरनेसनलले एउटै गाडीमा ३१ लाख रुपैयाँ मूल्य घटाएको छ। घटेको मुल्य बराबरमा सस्तो सेग्मेन्टको अर्को कार किन्न सकिन्छ।

बजेटमा भन्सार शुल्क घटाइएको करका नेपाली बजारमा उपलब्ध टेस्लाका इलेक्ट्रिक कारको मूल्यमा ३१ लाख रुपैयाँसम्मले घट्ने भएको हो।

बिक्रेता आरित इन्टरनेसनलले तीन मोडलको मूल्य समायोजन गरेको हो। यसअनुसार, टेस्ला मोडल ३ को मूल्य १ करोड ४५ लाखबाट १५ लाख घटेर १ करोड ३० लाखमा आएको हो।

त्यसैगरी, मोडल वाई स्ट्यान्डर्ड रेन्जको मूल्य १६ लाख घटेर २ करोड ५ लाखबाट १ करोड ८९ लाख पुगेको छ भने मोडल वाई लङ रेन्जको मूल्य सबैभन्दा बढी ३१ लाख रुपैयाँ घटेको छ। यसको मूल्य २ करोड ३० लाखबाट घटेर १ करोड ९९ लाख रुपैयाँ कायम गरिएको छ।

सरकारले १०० देखि २०० र २०० देखि ३०० किलोवाट क्षमताका इलेक्ट्रिक गाडीमा भन्सार शुल्क घटाएको करको असर यी सवारी साधनको मूल्यमा परेको हो।

१०० किलोवाटदेखि २०० किलोवाटसम्म विद्युतीय मोटर जडित कारमा यसअघि ३० प्रतिशत रहेको भन्सार दरलाई २० प्रतिशत कायम गरिएको छ।

त्यस्तै सोही मोटर क्षमता भएको विद्युतीय कारमा ३० प्रतिशत नै रहेको अन्तःशुल्क २० प्रतिशतमा सीमित गरिएको छ। यस अनुसार यो सेगमेन्टका इलेक्ट्रिक कार आयात गर्दा समग्रमा २० प्रतिशत बिन्दु कम कर तिर्नु पर्नेछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित