फाइल तस्बिर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो ।
प्रधानमन्त्री भेट्न विप्लव साँझ सवा ५ बजे बालुवाटार पुगेको बताइएको छ ।
उनीहरुबीच करिब २ घण्टा वार्ता भएको छ । यसअघि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किएको भोलिपल्टै जेठ २१ गते साँझ पनि विप्लवले भेटवार्ता गरेका थिए । माओवादी केन्द्र र नेकपाबीच पार्टी एकताका लागि आन्तरिक छलफल भइरहेको छ ।