मौसम : यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ।

कोशी प्रदेशको एकदुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राती पहाडी भूभागको एकदुई स्थानहरुमा मेघगर्जनचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखले देशभरको तापक्रम तत्काल घट्ने सम्भावना पनि नरहेको बताएको छ। बिहीबार देशका ६ स्थानको तापक्रम ४० डिग्रीभन्दा बढी मापन भएको थियो।

सबैभन्दा बढी सिमरामा ४२‍.६ डिग्री सेल्सियस पुगेको थियो। जनकपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीको तापक्रम ४० नाघेको थियो।

बुधबार जारी गरेको विशेष बुलेटिनका अनुसार अझै तीन दिन तापक्रम नघट्ने महाशाखाको अनुमान छ। तापक्रम बढ्दा तातो हावा चल्ने र लु लाग्ने सम्भावना भएकाले तापक्रम बढेका क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले सुझाएको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित