काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने तय भएको छ । आजको बैठकमा पनि बजेटमाथिको छलफल जारी रहने भएको छ । गत जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेट माथि पछिल्ला दिनमा निरन्तर छलफल चलिरहेको छ । छलफलमा प्रतिनिधि सभा सदस्यले आफ्ना धारणा र जिज्ञासा राखिरहेका छन् ।
त्यस्तै आजको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महालेखापरीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ पेस गर्नेलगायतका विषय पनि रहेका छन् ।